देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपत्यकामा यात्रु सहायता कक्ष स्थापना

देशान्तर

काठमाडौं । नजिकिँदै गरेको पर्व दशैंलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार राजधानीको कलंकी, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबाहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

कक्षमा अपराध एवं दुव्र्यवहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने जनाइएको छ ।