देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सडक दुर्घटनामा परि दुईजनाको मृत्यु

देशान्तर

काठमाडौं। विराटनगरमा शनिबारराति सडक दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिकाको एयरपोर्ट जाने सडकमा रोकि राखेको ना.५ ख ५८८६ नम्बरको ट्रकमा को.८.प ७२१५ नम्बरको मोटरसाइकल ठोक्किँदा रोशन शेर्पा र अनिष राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

रोकिराखेको ट्रकमा पश्चिम एयरपोर्टतर्फ जादै गरेको मोटरसाइकलमा सवार पथरीशनिश्चरेका २४ वर्षिय शेर्पा स्थानीय नोबेल अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि मोटरसाइकलमा सवार महानगरपालिका ४ का १९ वर्षिय राजवंशीको भने सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनासंगै फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजी गरिरहेको मोरङ प्रहरीले जनाएको छ।