देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खुकुरी प्रहारबाट मनमाया तामाङको हत्या

देशान्तर

काठमाडौं । खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ की ५५ वर्षीया मनमाया तामाङको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा यही ठाउँका २१ वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण भने खुलेको छैन । शुक्रबार हत्या भएपछि शनिबार प्रहरीेले अभियुक्तलाई पक्राउ गरेको हो ।

अभियुक्त वाइबालाई मेलम्ची इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए ।