देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल प्रहरीमा जागिर खुल्यो

देशान्तर

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि खेलाडीसम्म भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको भर्नासम्बन्धी सूचना अनुसार समावेशी प्रावधान अनुसार पदपूर्ति गर्नेगरी १०८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) माग गरिएको छ । समावेशी समूह र अमर प्रहरी बाहेक ५८ जना प्रहरी निरीक्षक खुल्ला तर्फबाट पदपूर्ति गरिने बताइएको छ ।

जुनियर अफिसरतर्फ ५२४ जना प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलेको छ । जनपदतर्फको असई पदमा २८३ जना खुल्ला तर्फबाट र बाँकी समावेशी समूहबाट पदपूर्ति गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सातवटा प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट असोज १८ गतेदेखि कार्तिक २९ गतेसम्म दरखास्त फारम भर्न प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखाले जनाएको छ ।