देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मला पन्त हत्या प्रकरण : निलम्बित एसपी विष्टको डिएनए २ स्थानमा परीक्षण

देशान्तर

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा अनुसन्धानको सिलसिलामा निलम्बित एसपी डिल्लीराज विष्टको डीएनए नमुना दुई ठाउँमा परीक्षण गरिएको पाइएको छ ।

एसपी विष्टसहित उनका छोरा किरणराज विष्ट र स्थानीय आयुष विष्टबाट संकलित नुमना प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा मात्र परीक्षण गरिएको भन्दै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले उक्त नमुना २ स्थानमा परीक्षण गरेको स्पष्ट पारेको हो ।

‘एसपी विष्ट, निजका छोरा किरणराज विष्ट र स्थानीय आयुष विष्टबाट संकलित नमुना विज्ञान तथा प्रविधि मन्त्रालय मातहत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी केन्द्रिय बिधि बिज्ञान प्रयोशालामा समेत परीक्षण गरिएको थियो’ प्रहरी प्रवक्ता शैलेश थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।