देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उत्कृष्ट विश्वविद्यालयको वरियतामा त्रि वि समावेश

देशान्तर

काठमाडों । नेपालको सबैभन्दा ठूलो र पूरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय ‘टाइम्स हाइअर एजुकेशन वर्ल्ड युनिभरसिटी ¥याङ्किङको वरियतामा पहिलो पटक समावेश भएको छ ।

समग्र विश्वविद्यालयको ¥याङ्किङमा त्रिभुवन विश्वविद्यालय ‘टाइम्स हाइअर एजुकेशन’को तालिकाको ८०१ देखि १००० समूहमा रहेको छ ।
‘टाइम्स हाइअर एडुकेशन वर्ल्ड युनिभरसिटी ¥याङ्किङ वार्षीक रुपमा टाइम्स हाईअर एजुकेशन म्यागेजिनले विश्वभरीका विश्वविद्यालयको गुणस्तरको विश्लेषण र तुलना गरेर निकाल्ने वरियताक्रम हो ।

सन् २००४ मा माथि उल्लेखित क्युएससँग मिलेर टाइम्स हाइअर एजुकेशनले विश्वभरीको विश्वविद्यालयको वरियताक्रम प्रकाशित गर्न शुरु गरेको थियो ।