देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल प्रहरीको आचरण सुधार्नुपर्छः खनाल

देशान्तर

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई देश र नागरिकको सेवक भएकाले उनीहरूकै सुरक्षाका लागि हरहमेशा कटिबद्ध भई निस्वार्थ काम गर्न निर्देशन दिएका छन् । ।

आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्न सोलुखुम्बु पुगेका महानिरीक्षक खनालले व्यवसायिक रुपमा प्रहरीलाई काम गर्न निर्देशन दिए ।

महानिरीक्षक खनालले नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको तर्क गर्दै आफ्नो आचरण र इमान्दारितमा सुधार गर्नुपर्ने बताए ।

खनालले नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्छ तर त्यसको लागि प्रहरी कर्मचारीहरूले इमान्दारिता र आचरणमा अझै सुधार गर्न आवस्यक भएको बताए ।

महानिरीक्षक खनालले विभागीय नीति, निर्देशन अनुसार जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्नु नहुने बताए ।