काठमाडौँ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का सदस्यहरू तथा तिनका परीवारलाई विशेष प्राथमिक एवम सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सिलसिलामा रोटरी इन्टरनेशनल र नर्भिक इन्टरनेशनल हस्पिटलवीच मंगलबार एक सहमति पत्रमा हस्ताक्षर भएको छ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का डिष्ट्रिक्स गर्भनर चिन्ता मणि भट्टराई र नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले मंगलबार एक विशेष समारोहकावीच उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिअनुसार नर्भिकले रोट्री इन्टरनेशनलका सम्पूर्ण रोट्रीयनहरू तथा तिनका परिवारलाई एक बिशेष प्राथमिकता सहितको निदानात्मक, निरोधात्मक, रोकथाममूलक उपचारात्मक चिकित्सा सेवा प्रदान गर्नेछ ।
ललितपुरमा आयोजित रोटरीयनहरूको इन्टरसिटी बैठक हुँदै गर्दा उक्त सहमतिमा हस्ताक्षर भएको हो ।
रोटरी क्लब चन्द्रागिरी, रोटरी क्लब कुपण्डोल र रोटरी क्लब अफ स्वयम्भूको आयोजनामा भएको इन्टरसिटी बैठक तथा सहमति पत्र हस्ताक्षर समारोहमा रोटरी क्लबका पूर्व डिष्ट्रिक्स गभर्नरहरू, प्रेसिडेन्टहरू, विशिष्ट पदाधिकारीहरू र नर्भिकको मेडिकल अन्कोलोजी विभागका चिकित्सकहरू सहभागी थिए ।
समारोहमा रोटरी क्लब दरबारमार्गका चार्टर्ड प्रेसिडेन्ट तथा नर्भिक मेडिकल अन्कोलोजी विभागका प्रमुख प्रा.डा राजेन्द्र प्रसाद बरालले अर्वुद रोग (क्यान्सर) र तिनका जटिलताहरू, रोकथामका उपायहरू आदि बारे मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा. डा अचला वैद्यले नेपालमा महिलाहरूमा हुने स्तन क्यान्सर, पाठेघरको क्यान्सर र गर्भासय क्यान्सर र तिनलाई समयमै निदान गराउँदाका फाइदाहरू लगायत विषयमा प्रस्तुति दिएकी थिइन ।
यस्तै कार्यक्रममा रोटरीयन डा. निरज श्रेष्ठले रजोनिवृत महिलाहरूमा देखापर्ने अस्थीपञ्जरको समस्या लगायत ओस्टियोपोरोसिसको निदानात्मक, उपचारात्मक एवम रोकथामका उपायहरू बारे व्याख्या गरेका थिए ।





प्रतिक्रिया