देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज विश्व शिक्षक दिवस

देशान्तर

काठमाडौँ । ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ भन्ने नाराका साथ विश्व शिक्षक दिवसका सन्दर्भमा बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९४ देखि हरेक अक्टोबर ५ मा यो दिवस मनाउने घोषणा गरेको थियो ।

दिवसका अवसरमा नेपाल शिक्षक महासङ्घले ललितपुरमा (याली आयोजना गरेको छ भने युनेस्को काठमाडौँको सहयोगमा आज एकदिवसीय कार्यशालाको आयोजना गरेको छ ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले आफूहरूको पेशागत माग र सुविधाका विषयमा गरिएको सम्झौता कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने भन्दै अन्यथा आन्दोलनमा जाने चेतावनी दिए ।