देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंको गोठाटारबाट ७ वर्षीय बालकको अपहरण

देशान्तर

काठमाडौ । राजधानीबाट एक बालक अपहरणमा परेका छन् । काठमाडौंको गोठाटारस्थित तेजविनायक विद्यालयमा नजिकैबाट ७ वर्षीय बालक अपहरण परेका हुन् ।

महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले जबरजस्ती ट्याक्सीमा बालकलाई हालेर लगेको जानकारी आएको बताए । स्थानीय किराना पसल सञ्चालकले सो दृश्य देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले बालकलाई सकुशल अपहरणमुक्त गर्न अपरेश तीब्र पारेको जनाइएको छ ।