देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यी हुन् हृदयघातका १० लक्षण र बच्ने १० तरिका

देशान्तर

हृदयघातका दश लक्षणहरु  

छातिको बीचभागमा दुख्नु, गह्रौ चिजले थिचेजस्तो छाति कसिएजस्तो महसुस हुनु
छातिको दुखाइ बायाँ हाततिर सर्नु
पेटको बीचमा अत्याधिक दुखाई हुनु
चिटचिट पसिना आउनु
वाकवाकी लाग्नु तथा बान्ता हुनु
डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु
विशेष गरी मधुमेहका रोगी तथा बृद्धाहरुलाई अचानक असहज तथा स्वाँस्वाँ हुनु
बृद्धाहरुले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु
थोरै गतिबिधि गर्दा पनि असहज र थकाइ लाग्नु
महिला बृद्ध र मधुमेहका रोगीमा हृदयघातको लक्षण अलि फरक हुने भएकोले विशेष सावधानी अपनाउनु पर्छ

बच्ने प्रमुख दश तरिकाहरु

चुरोट र मदिराको सेवन पूर्णरुपमा बन्द गर्नु
कोलेस्टेरोललाई नियन्त्रण गर्नु
सक्तचापलाई नियन्त्रणमा राख्नु
मधुमेहको उचित उपचार गर्नु
तौललाई नियन्त्रणमा राख्नु
स्वस्थ आहारको सेवन गर्नु(फलफुल, सागसब्जी बढी मात्रामा सेवन गर्नुं)
मानसिक तनाव र रिस कम गर्नु
प्रदुषणबाट बच्नु
दैनिक आधाभन्टा हिँडडुल गर्ने
चिकित्सकको सल्लाह अनुसार एस्प्रीन र कोलेस्टेरोलको औषधिको प्रयोग गर्ने