देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागढुङ्गा-खानीखोला खण्डमा अस्थायी प्रहरी चौकी

देशान्तर

काठमाडौँ । नागढुङ्गा-खानीखोलामा सडक खण्डमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । चाडबाड नजिकिएसँगै नाकामा हुने चोरी नियन्त्रण र सवारी जामलाई कम गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्यमा धादिङ र काठमाडौँको नाका सिक्रेखोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चाडबाडको समयमा घण्टौँ जामका कारण आफ्नो गन्तव्यस्थलसम्म पुग्न कठिनाइ हुने भन्दै जाम न्यूनीकरण गर्न, शान्ति सुरक्षाको प्रबन्ध गर्न साधन स्रोतसहित प्रहरी परिचालन गरिएको जानकारी दिए ।

‘नागढुङ्गा-खानीखोला सडक खण्डका विभिन्न स्थानमा सडक खाल्डाखुल्डी भएको र ठूला मालवाहक सवारी साधन बिग्रिएर घण्टौँ जाम हुँदा समस्या परेकाले प्रहरी महानिरीक्षकको निर्देशनमा जनशक्ति खटाएका हौँ’, उनले भने । सोही स्थानमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा २३ जनशक्ति परिचालन गरिएको छ ।