देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्षमा सुवोध गुप्ता चयन !

देशान्तर

काठमाडौँ । नेपाल चामल, तेल, दाल उद्योग संघको ४२ औँ साधारण सभाले सुवोध कुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार काठमाडौँमा सम्पन्न सभाले गुप्ताको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा निवर्तमान अध्यक्ष सन्दिप कुमार अग्रवाल, द्धितिय उपाध्यक्षमा राम थापा, महासचिवमा नरेश राठी, उप–महासचिवमा दिपक कुमार पौडेल, कोषाध्यक्षमा धिरज गोल्छा रहेका छन् ।

त्यसैगरी, सदस्यहरुमा रतन लाल केडिया, जगदीश अग्रवाल, मुक्ती अग्रवाल, दिपक सापकोटा, चीरन्जीवी रिजाल, सुसान्त चाचान र सल्लाहकारमा चन्द कृष्ण कर्माचार्य, कुमुद कुमार दुगड र सतीश कुमार बोहरा रहेका छन् ।

यसैबीच साधारण सभाले विदेशबाट आयातित चामल लगायतका खाद्य वस्तुको एमआरपी र गुणस्तर जाँच गर्ने प्रक्रिया कायम हुनुपर्ने निर्णय गरेको छ ।

यसैगरी धान आयात गर्दा कृषि सुधार शुल्कमा छुट गरी १ प्रतिशत कायम हुनुपर्ने, धान चामल बोर्ड गठन हुनुपर्ने, चामलमा लाग्दै आएको कृषि सुधार शुल्क १५ प्रतिशत कायम हुनुपर्ने, पिनामा लाग्दै आएको निर्यात शुल्क हटाईनु पर्ने लगायत माग गरेको छ ।