देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बलात्कारी बचाउने सरकारलाई किशोरीको चुनौती

देशान्तर

काठमाडौँ । पश्चिम नवलपरासीबाट सुरु भएको किशोरी तथा महिलाहरुको आत्म रक्षात्मक तालिमले अहिले देशैभरी मुतरुप लिदैगएको छ ।

दैनिक बालिका देखि बुद्धा सम्म बलात्कारको शिकार हुदै आएपनि सरकार सुरक्षाको जिम्मेवारी लिएका निकायहरु पिडितलाई भन्दा पिडकलाई बचाउन तर्फ केन्द्रीत भएपछि महिलाहरुले सरकार र सुरक्षा निकायलाई समेत चुनौती दिन थालेको छ ।

बलात्कारका घटना बढिरहँदा राष्ट्रिय गोजुरियो कराँतेदो संघले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबार हजार जना किशोरी र महिलाका लागि उमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८ अन्तर्गत आत्मरक्षाको तालिम दिन थालेको छ । तर तालिममा झण्डै डेढ हजार सहभागी भएर बलात्कारीबाट बच्ने मात्र हैन आत्मरक्षाका क्रममा मार्न सक्ने सम्मका बिषयहरुमा सहभागि भएका छन ।

कञ्चनपुरीकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरेर गाउमै बसेका अपराधीलाई राज्यले सुरक्षा दिएर राखेपछि अहिले किशोरी र महिलाहरु आफैले अपराधी समाउने दण्ड दिने मनस्थीतिमा पुगेका छन ।

शनिवार देखि कैलालीको चर्चित सामुदायिक विद्यालय पञ्चोदय माविमा कक्षा ९ मा अध्ययनरत अधिकाम्स छात्राहरु आत्मरक्षा र मर्सल आर्ट सिक्नत तम्सीएका छन । उनिहरुलाई बलात्कार गर्न खोज्नेका संवेदनसिल अङ्गहरुको पहिचार गराइ प्रहार गर्न सिकाइने भएको छ ।

उनीहरूलाई पहिलो दिन भएकाले सामान्य रूपमा आफूलाई कसैले समात्न खोजे कसरी ‘डिफेन्स गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ, कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर जाने जस्ता कौशल सिकाइएको थियो ।

सहभागिहरुले पहिलो दिन भएकाले सामान्य रूपमा आफूलाई कसैले समात्न खोजे कसरी ‘डिफेन्स गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ, कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर जाने जस्ता कौशल सिकेका छन ।
उमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८ असोज २६ सम्म चल्नेछ । क्याम्पमा विभिन्न विद्यालयका गरी १५ सय हाराहारीमा किशोरीहरूको सहभागिता छ । क्याम्पमा किशोरी मात्र होइन, महिला पनि सहभागी छन् । समाजमा विकृति यति बढ्यो की अस्ति मात्र डोटीमा ७४ वर्षकी वृद्धा २३ बर्से किशोरको बलात्कारमा परिन, त्यसैले महिला पनि क्याम्पमा सहभागी हुन जरुरी छ भनेर क्याम्पमा गएको धनगढी उपमहानगरपालिका जाईकी गोमा आचार्यले बताइन ।

किशोरी र महिलाको एकदमै उत्साहजनक सहभागिता रहेको आत्मरक्षा क्याम्पको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरका थिए । प्रदेश सरकारले छिट्टै महिलाका लागि आत्मरक्षा र आत्मबल बढाउने खालको कार्यक्रम ल्याउने उनले बताएका थिए ।

निर्मला पन्तको बलात्कारपछिको हत्याले यो तालिम आवश्यक भएको आयोजक राष्ट्रिय गोजोरियो कराते दो संघले जनाएको छ । क्याम्प संयोजक तथा संघका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले अब महिला निरीह भएर हिँड्नु नपर्ने, स्वाभिमानपूर्वक हिँड्नुपर्छ भनेर मोटिभेसन तालिम पनि दिइने बताए ।
उनले सामान्य आत्मरक्षा गर्ने टिप्स दिन्छौं, अनि महिलामाथि हिंसा गर्नेको प्रतिकार कसरी गर्ने सिकाउँछौं र मनोबल बढाएर महिला पनि पुरुष जत्तिकै बलिया छन् भन्ने आत्मविश्वास दिने काम गरिने बताए ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, ओरेक नेपालसहित धेरै संघसंस्थाले तालिममा सहयोग गरेका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार सुदूरपश्चिमका कैलाली कञ्चनपुर, बैतडी, डडेलधुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङमा गत आव २०७४÷७५ मा १४ सय ८० बलात्कारका मुद्दा दर्ता भएका छन् ।