देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री र अख्तियार प्रमुखबीच भेटवार्ता

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेबीच आज भेटवार्ता भएको छ । नेकपाको सचिवालय बैठक चलिरहेका बेला बैठक रोकेर अख्तियार प्रमुख घिमिरेले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली संग भेट गरेका हुन् ।

सचिवलयको बैठक चलिरहेको अवस्थामा प्रधानमन्त्रीलाई तत्काल भेट्न आवस्यक भएको भन्दै घिमिरे पुगेपछि प्रधानमन्त्री केहिबेर बैठक रोक्न लगाए बाहिर निस्किएका थिए । अख्तियार प्रमुख घिमिरे हतारिदो अवस्थामा प्रधानमन्त्रीलाई भेटगर्न बालुटार पुगेपछि अख्तियारले कुनै ठूलो भ्रष्टाचार काण्डमा हातहाल्न लागेको आसंका बैठकमा सहभागिहरुले गरेका थिए ।

अख्तियार प्रमुख घिमिरे आएपछि प्रधानमन्त्री ओली सचिवालय बैठक रोकेर उनीसँग भेट गर्न निस्किएका थिए । प्रधानमन्त्री ओली र अख्तियार प्रमुख घिमिरेको बर्तालाप सकिए पछि नेकपाको बैठक पनि स्थगित गरिएको छ ।

अख्तियार प्रमुखमा नियुक्त भएपछि घिमिरले पहिलो पटक प्रधानमन्त्रीलाई भेट गरेको हुन त्यो पनि पार्टीको महत्वपूण बैठक चलिरहेकै अवस्थामा । तर, प्रधानमन्त्री र आख्तियार प्रमुखबीचमा के कुरा भएभन्ने पछि फर्किउर बैठकलाई पनि अवगत नगराएको बताइएको छ ।

आज पार्टीमा देखिएको टूलो विवाद र सरकार सञ्चालनका बिषयमा भइरहेको महत्वपुर्ण बैठकमै घिमिरे आएर प्रधानमन्त्रीलाई तत्काल भेटुन छ भने पछि बैठकमा भएका नेताहरु समेत चकित परेको बताइएको छ । भेटका भएको कुराकानीबारे केहि भने खुलाइएको छैन ।