देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लडेर जाजरकोटमा २ जनाको मृत्यु

देशान्तर

काठमाडौं । जाजरकोटमा लडेर दुई जनाको मृत्युबारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको बिहिबार घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उनको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिए। स्थानीयवासी जङ्गलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा उनको पनि बिहिबार बिहान मृत्यु भएको हो ।