काठमाडौं । पहेंलो जलप लगाइएको नक्कली वस्तुलाई सुन भन्दै बेचेको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।देवदह नगरपालिका ६ बस्ने सुरेन्द्र दर्जी र कपिलवस्तु नगरपालिका ३ बस्ने गलेश्वर बेलबासेलाई पाँच लाख ४० हजार नगदसहित इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । ठगी गरेको रकम मध्ये केही खाल्डो खनेर लुकाइराखेको अवस्थामा बरामद गरेको हो । सोही ठगीको घटनामा यसअघि देहदह नगरपालिका १० का राजु परियार र नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ६ का अब्दुल पखिया पक्राउ परेका थिए ।परियार र पखियामाथि अनुसन्धान गर्दा उनीहरुले दिएको सूचनाका आधारमा दर्जी र बेलबासे पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले बताए ।





प्रतिक्रिया