देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टोखामा घुससहित अधिकृत पक्राउ

देशान्तर

काठमाडौं । टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक लाख घुस रकमसहित रंगेहात पक्राउ गरेको हो। अधिकृत सुवेदीले उपभोक्ता समूहमार्फत निर्माण भएको बाटोको भुक्तानी दिनका लागि घुस मागेका थिए।

समितिसँग घुस लिँदै गर्दा आयोगको टंगालबाट खटिएको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।