देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनकाण्डका आरोपी श्रेष्ठलाई दशैँपछि मात्र अदालत उपस्थित गराईने

देशान्तर

काठमाण्डौ ।  ३३ किलो सुन तस्करको घटनामा संलग्न भएको आशंकामा युएईबाट पक्राउ परेका सुनसरी ईटहरीका बेनु श्रेष्ठलाई दशैँपछि मात्र अदातल उपस्थित गराईने भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोलको सहयोगमा यूएईबाट पक्राउ परेका श्रेष्ठलाई काठमाण्डौबाट हिजै साँझ मोरङ लगिएको थियो । दशैँका कारण अदालतको नियमित काम कारबाही बन्द भएकाले श्रेष्ठलाई दशैँपछि मात्र अदालत उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखीएको छ ।

श्रेष्ठलाई प्रतिवादीको रुपमा अदालतमा पेश गरिसकेकाले अदालत खुल्नासाथ उनीमाथीको वयान सुरु हुनेछ । श्रेष्ठ सुनतस्करका मुख्य नाईके चुणमणी उप्रेतीको विश्वासिला सहयोगी रहेको प्रहरीको अनुसन्धानले देखाएको थियो ।