देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संरक्षण क्षेत्रको प्रवेशमा विदेशीलाई शुल्कबृद्धी

देशान्तर

काठमडौँ । सरकारले तीन संरक्षित क्षेत्रमा नेपाली नागरिकले पनि प्रवेश गर्न शुल्क तिर्नुपर्ने नियम जारी गरेका्े छ । सरकारले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रमा नेपालीलाई पनि प्रवेश शुल्क तोकेको हो ।

प्रकाशित सूचना अनुसार अन्नपूर्ण (एक्याप), मनास्लु (एमक्याप) र गौरीशंकर संरक्षण क्षेत्र (जीक्याप) प्रवेश गर्न नेपालीले एक सय रुपैयाँ बुझाउनुपने भएको छ । यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत रहेका संरक्षण क्षेत्र आयोजनाका काउन्टरबाट परमिट लिनुपने छ ।

सार्क मुलुक र अन्य विदेशी पर्यटकको प्रवेश शुल्कमा पनि वृद्धि गरिएको छ । सार्क मुलुकका नागरिकलाई दुई सयबाट बढाएर एक हजार रुपैयाँ प्रवेश शुल्क र्पुयाइएको छ । सार्क बाहेकका मुलुकका पर्यटकले यसअघि करसहित २ हजार २ सय ६० रुपैयाँ बुझाउँदै आएकामा अब तीन हजार रुपैयाँ बुझाउनुपर्ने छ ।

एक्यापमा पदयात्रा गर्न जाने पर्यटकले काठमाडौंको भृकुटीमण्डप, पोखराको ड्यामसाइड र लमजुङको बेंसीसहरमा रहेको काउन्टरबाट परमिट लिन सक्नेछन । सरकारले बिना जानकारी प्रवेश शुल्क तोकेकोमा पोखराका पर्यटन व्यवसायीले आक्रोश व्यक्त गरेको छ ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पोखरा च्याप्टरका अध्यक्ष हरि भुजेलले नेपालीलाई कर लगाउने विषयमा आफ्नो आपत्ति रहेको जनाका छन । पहिले देश, अनि विदेश भन्ने सरकारको नारा रहेको भन्दै उनले २०२० मा २० लाख पर्यटक भित्रयाउने भनिएको बेलामा नेपालीलाई पनि कर लगाउने विषय खेदजनक भएको बताए ।

उनले ६ महिनाअघि सूचना गरेर मात्रै मूल्य बढाउनु पर्नेमा एक्कासी बढ्दा अचम्मित भएको बताए । यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पनि अनविज्ञता प्रकट गरेका छन ।

एक्यापका परियोजना प्रमुख राजकुमार गुरुङले भने स्थानीयलाई प्रवेश शुल्क नलाग्ने बताए । पर्यटकका रुपमा जाने नेपालीलाई मात्रै परमिट लिनुपर्ने व्यवस्था गरिएको उनको भनाइछ । स्थानीयको हकमा कसरी व्यवस्थापन गर्ने भन्ने भइसकेको छैन ।

नेपालीको अनुगमन कसरी गर्ने भन्ने चुनौति कै विषय रहेको छ भने दसैंपछि नेपालीको हकमा कसरी गर्ने भन्ने छलफलमा गर्ने बताइएको छ । एक्यापले सूचना प्रकाशित भएको समयदेखि नै परिमार्जित शुल्क लिएर पर्यटकलाई परमिट जारी गरेको जनाएको छ ।