देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोर्खामा भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

देशान्तर

गोरखा । भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर यहाँ एक व्यक्तिको मुत्यु भएको छ । जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए ।

छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह भिक्न हिँडेका घले मह भिmक्दै गर्दा एक्कासि चिप्लिएर भिरबाट खसेको मृतकका छोरा गिर्जा घलेको भनाइ उद्धृत गर्दै उनले भने।

“बाबु चिप्लिएर खसे पछिसँगै भिरमा मह झिक्न पुगेका छोरा गिर्जा घलेले स्थानीयलाई खबर गरे, गाउँका सबैमान्छे खोज तलास गर्न पुग्यौँ, घलेले भने, “करीब तीन/चार घण्टापछि बल्ल मृतावस्थामा उनलाई फेला पार्यौँ ।”

घले भिरबाट खसेर बेपत्ता भएको जानकारी पाएपछि बारपाक बजारदेखि करीब डेढ किलोमिटरको दूरीमा पर्ने उक्त भिरमा गाउँले सबै उनलाई खोज्न पुुगेका थिए ।

भिरबाट करीब पाँच मिटर तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाइ छ । उनको शरीर पूर्णरुपमा क्षतविच्छेद अवस्थामा फेला पारेको घलेले बताए।

कुम्र्याह भिर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भिरमौरीको मह भिक्न जाने गरेका छन् ।