देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

असाध्यै भ्रष्टाचार मौलायोः नेता नेपाल

देशान्तर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आर्थिक विकासका नाउँमा  देशमा चरम भ्रष्टाचार मौलाएको बताएका छन् ।

दाङको घोराहीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल सरकारले भ्रष्टाचारीलाई सम्रक्षण दिएको भन्दै आक्रोस समेत पोखका छन ।

नेकपा दाङले घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता नेपालले भ्रष्ट कर्मचारीहरुलाई नेताहरुले संरक्षण गरेका कारण देशमा सुशासन स्थापना गर्न कठिन भएको बताए ।

उनले कर्मचारीहरुलाई अनेक वाहना गरेर पैसा खाने बानी लागेको छ। पैसा नपाई यताको फाइल उता नसार्ने प्रवृत्ति छ। उनीहरु एक्लै त्यस्तो गर्न सक्दैन भन्दै राजनीतिक नेताहरुबाट संरक्षित नभएसम्म कर्मचारी एक्लैले यस्तो गर्न आँट गर्न नसक्ने बताए ।

भ्रष्टाचारीलाई नेताहरुको संरक्षण रहेको दावी गर्दे उनले देश बिग्रनु र सरकार असफल हुनमा भ्रष्टाचार बढ्नु र देशभक्तीको भावनाको हराउदै जानुभएको बताए ।

नेपालले कर्मचारीले काम नगरेका कारण कानून निर्माण र कार्यान्वयनमा ढिला भएको भन्दै कर्मचारीहरु अल्छी बनाउने काम सरकारबाटै भएको बताए । उनले सरकारले गलत कामलाई संरक्षण गर्ने विकृति रहेकाले भ्रष्टाचार रोक्न सरकारले कडा कदम चाल्न नसकेको बताए ।

जनतामा ठूलो आशा भएकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने धारणा नेता नेपालले व्यक्त गरे । नेकपाले १० बर्षसम्म सरकार चलाउने गरी काम गर्नुपर्नेमा १० महिना नपुग्दै असफल हुने संकेत देखिएको उनले भनाइछ ।

उनले जनताका भावनालाई समेटेर काम गर्नुपर्छ, जनताले दिएको मतको सम्मान गर्नुपर्छ भन्ने भावना सरकारमा नभएको र जनताले झण्डै दुई तिहाई बहुमत दिएको सरकारपनि कमजोर देखिएको बताउदै यो मतले देशमा सुशासनको माग गरेको तर सरकारले लिएका विकास निति अलपत्र परेको बताए ।