काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले सरकारले चाहे अनुसारको आर्थिक लेनदेन गर्न नसकेको भन्दै स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाएका छन ।
चौधरीले सरकारलाई अप्ठ्यारो पर्ने गरि काम गरेको र उनका कारण स्वास्थ्य मन्त्रालयबाट प्राप्तहुने रकम घटेको भन्दै चौधरीलाई स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय तानिएको हो।
सचिव भएसँगै निर्विवाद रहेककी उनलाई मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालय सरुवा गरेको हो । तर, प्रधानमन्त्री ओलीले यो निर्णय औपचारिक रुपमा बाहिर आउन नदिएको बताइएको छ ।
डा. चौधरी अघिल्लो वर्ष स्वास्थ्य सचिवमा नियुक्त भएकी हुन् । उनले आर्थिक लेनदेनमा काम गर्न नसकेको भन्दै केही समययता स्वास्थ्यमन्त्री उपेन्द्र यादव लगायत प्रधानमन्त्री ओलीसमेत असन्तुष्ट रहेका थिए ।
चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएसँगै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ । प्याकुरेल आर्थिक चलखेलमा चौधरी भन्दा धेरै अगाडी रहेको मन्त्रालयका कर्मचारीको भनाइछ ।





प्रतिक्रिया