देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

देशान्तर

दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ३ को भुवाटाकुरेमा बिहीबार राति भएको ट्रयाक्टर दुर्घटनामा चालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ४ का २९ वर्षका चालक नरेश भन्ने नन्दबहादुर शाही र वडा नंं. ३ की १९ वर्षीया मनिषा शाहीको मृत्यु भएको प्रहरीले बताएको छ ।

चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं . ६ स्थित पादुका खोलाबाट बालुवा लिएर चामुण्डा माध्यमिक विद्यालय जाँदै गर्दा भे १ त ३७४२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

ट्याक्टर चालकको घटना स्थलमा र मनिषा शाहीलाई उपचारको लागि दुल्लू ल्याउदै गर्दा बाटोमा मृत्यु भएको स्थानीय खगेन्द्रबहादुर थापाले बताए ।