देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीलाई अस्पतालमै राख्न सुझाव

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपाका शीर्ष नेताहरु र कार्यकर्ताको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भिड लागेको छ ।

नेकपाका अध्यक्ष समेत रहेको ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अर्का अध्यक्ष पुष्पकमल दाहाल,वरिष्ठ नेता माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, शिक्षामन्त्री गिरीराजमणि पोखरेललगायका नेकपाका नेता, सांसद र कार्यकर्ताका साथै शुभेच्छुक अस्पताल पुगेका हुन् ।

चिकित्सकहरुका अनुसार ओलीको छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्र असन्तुलित भएपछि अस्पताल भर्ना गर्नुपरेको हो । अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारका लागि केहिदिन अस्पतालमै राख्नुपर्ने सुझाव दिएको छ ।

प्रधानमन्त्री ओलीको रुघा–खोकी बढ्नुका साथै सुगर रिलेटेड इन्फेक्सन देखिएपछि आज बिहान साढे चारबजे अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीको मृगौलाको ट्रान्सप्लान्ट गरिएको कारण संक्रमण नहोस् भनेर सिसियुभित्र आइसोलेटेड कोठामा राखेर उपचार भइरहेको छ ।

अस्पतालका अनुसार अहिले कार्डिओलोजिस्ट डा अरुण सायामीको नेतृत्वको चिकित्सकहरुको टिमले प्रधानमन्त्रीको उपचार गरिरहेको छ ।