काठमाडौँ – कामदार जान थालेको १६ वर्षपछि मलेसियासँग श्रम सम्झौता भएको छ । सन् २००२ बाटै नेपाली रोजगारीका लागि मलेसिया जाने गरेको भए पनि श्रम सम्झौता भएको थिएन ।
सोमबार काठमाडौँमा भएको मन्त्रीस्तरीय बैठकमा मलेसियाका मानव संसाधन मन्त्री एम कुला सेगरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले हस्ताक्षर गरेका हुन् । नेपालका तर्फबाट श्रम सम्झौता गर्न श्रम मन्त्री विष्टलाई आइतबारको मन्त्रीपरिषद बैठकले स्वीकृति दिइसकेको छ।
पटक–पटक प्रयास गर्दा पनि नभएको सम्झौता नेपाली कामदार पठाउनै रोकिएपछि मलेसियाले चासो दिएको हो । गत जेठ २ गतेदेखि मलेसिया कामदार पठाउन बन्द गरिएको छ ।
मलेसिया जाने कामदार ठगिएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदार पठाउने प्रक्रियामा संलग्न विभिन्न संस्थानै खारेज गर्ने निर्णय गरेका थिए । मन्त्री विष्टको एकतर्फि निर्णयसँगै मलेसिया जाने प्रक्रिया अवरुद्ध भएको थियो ।
प्रमुख मध्यको एक मानव श्रोतको देश नेपालले कामदार रोकेपछि मलेसिया त्यसको सन्देश राम्रो नजाने र रोजगारदाताको पनि चासो बढेपछि जसरी पनि नेपाली कामदार लैजान तयार भएको हो ।





प्रतिक्रिया