देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मलेसियामा निजी क्षेत्रमा कार्यरत कामदारहरुको पारिश्रमिक वृद्धि

देशान्तर

काठमाडौं । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ।

शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन्।सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन्।

हाल कामदारको न्युनतम पारिश्रमिक प्रायद्विप क्षेत्रमा पेनिन्सुलार मलेसियामा मासिक एक हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट कायम छ। हाल घोषित नीति पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालीसहित निजी क्षेत्रमा कार्यरत सबै विदेशी कामदारसमेत लाभान्वित हुनेछन्।