देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लोकतन्त्रको सम्बर्धन र संरक्षणमा सबैको एकता आवश्यक छ : सभापति देउवा

देशान्तर

काठमाडौँ ।  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘छठ पर्व’ का अवसरमा सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेका छन् ।

तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्वाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने महत्वपूर्ण र पवित्र ‘छठ पर्व’को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सबै चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

“मुलुकलाई शान्त र समुन्नत नेपालमा रुपान्तरण गर्न आज हामी प्रत्येक नेपालीको काँधमा थप जिम्मेवारी आएको छ ।

लोकतान्त्रिक पद्धतिमा मात्र सबै धर्मको संरक्षण हुने भएकाले लोकतन्त्रको सम्वद्र्धन र संरक्षणमा सबैको सहयोग, सद्भाव र एकता आवश्यक रहेको छ”, उनको शुभकामना सन्देशमा भनिएको छ, “छठजस्तो पवित्र धार्मिक पर्वले देश र जनताप्रतिको यो जिम्मेवारी बहन गर्न सबैलाई प्रेरणा मिलोस् ।”