देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलम्पिकको दोस्रो चरण पुग्न सफल नेपाली महिला टिम आज स्वदेश फर्कदै

देशान्तर

काठमाडौँ । ओलम्पिक महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो चरण पार गर्न सफल नेपाली महिला टोली बिहिबार स्वदेश फर्किदै छ। म्यानमारमा सम्पन्न पहिलो चरणको एसिया छनोटमा नेपाल उत्कृष्ट तेस्रो बन्न सफल हुँदै दोस्रो चरण प्रवेश गरेको थियो। नेपाली टोली मध्यान्ह नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका भएको छनोटको अन्तिम खेलमा मंगलबार बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल दोस्रो चरणमा छनोट भएको थियो। नेपाली महिला फुटबलको यो ऐतिहासिक सफलता हो। बंगलादेशसंगको बराबरीसँगै समूह सीमा रहेको नेपालले ३ खेलबाट ३ अंक जोडेको थियो। र, नेपाल समूहको तेस्रो स्थानमा रहन सफल भएको थियो। समूहको तेस्रो स्थानमा रहेसंगै नेपालले छनोटको तेस्रो हुने टोलीमध्ये उत्कृष्ट दुईमा पर्दै दोस्रो चरणमा स्थान बनाएको हो।

छनोट प्रतियोगिताको नियम अनुसार प्रत्येक समूहका विजेता, उपविजेता र तेस्रो हुने टिममध्ये उत्कृष्ट दुई टिमले समेत दोस्रो चरणको यात्रा तय गर्ने प्रावधान रहेको थियो। यस समूहबाट म्यानमार विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन्। मंगलबार भएको खेलमा म्यानमारले भारतलाई २–१ ले हराएर समुह विजेता बन्यो। बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ। दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुने छन्।