देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिके राउतमाथिको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज

देशान्तर

काठमाडौं । राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ आज हुने भएको छ। रौतहटबाट पक्राउ परेका राउतमाथिको सुनुवाइ शुक्रबारलाई तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले बताए।

राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए।

अदालतले थुनामा राख्नुका कारण लिखितरुपमा प्रस्तुत गर्दै राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। अदातलको आदेशअनुसार बिहीबार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइको शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता कालाखेतीले जानकारी दिए।