काठमाडौँ – राजनीतिक दबाबका कारण गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले राजीनामा दिएका छन् ।
केसीसँगै कोषमा कार्यरत ७ जना अधिकृतहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेश गरेका छन् ।
‘मैले दबाबमा राजीनामा दिएको छु, प्रधानमन्त्री कार्यालयको दबाब र असहयोगपछि पदमा बस्नुको कुनै औचीत्य मैले देखेन,’ केसीले देश भने । उनलाई शुशील कोइराला नेतृत्वको सरकारले पाँचवर्षका लागि उक्त पदमा नियुक्त गरेको थियो । आफ्नो कार्यकालको २१ महिना समय बाँकी छदा नै उनले राजीनामा दिएका हुन् ।
राजीनामाका लागि दबाबसँगै कोष कार्यालयमा पूर्व निर्धारीत राष्ट्रिय कार्यगोष्ठी रद्व गर्न पनि अन्तिम समयमा प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएको र यसैकारण उक्त कार्यक्रम रद्व गरिएको पनि कोष श्रोतले बताएको छ ।





प्रतिक्रिया