देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रसुवागढी नाकामा नयाँ पक्की पुल निर्माण हुँदै

देशान्तर

रसुवा, नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने रसुवागढी नाकामा नयाँ पक्की पुल निर्माणको कार्य अगाडि बढेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार हाल भइरहेको स्थानबाट पाँच मिटर उत्तरपूर्वतर्फको लेहेन्दे खोलामा चीन सरकारले पुल निर्माण गर्न लागेको र आफ्नो भूभागतर्फ पुलको निर्माणको कार्य थालनी गरिसकेको छ ।

हाल सञ्चालनमा रहेको पक्की पुल विनाशकारी भूकम्पको असरले केही भाग क्षति पु¥याइ कमजोर महसुस भएपछि चीन सरकारले नयाँ पुल निर्माण गर्न थालेको बताइएको छ ।

दैनिक चार÷पाँच सय मालबाहक सवारी साधन ओहोरदोहोर गर्ने भएकाले लेहेन्दे खोलाको अस्थायी पुल बनाउने र छ महीनाभित्र पक्की पुल निर्माण गरिसक्ने सीमा क्षेत्रको चिनियाँ अधिकारीबाट आफूले जानकारी पाएको प्रजिअ पौडेलले बताउनुभयो ।