काठमाडौं । उमेरले डाँडापारीको घाम जस्तै बनेकी, मुझा परेकी अनुहार, एक बृद्धा आमा हुन् दोलखा लापिलाङ गुर्जपाकी मंगली थामी । जिल्लाको कालिञ्चोक गाउँपालिका छ की उनी चार छोरा र एक छोरीकी आमा हुन् ।
उमेरले ८० नाघिसकेका उनको छोराछोरी आ–आफ्नै घरजमघरी भिन्नाभिन्नै छन् । आफुभन्दा पाँच वर्ष जेठो दाजुसँग विवाह गरेकी उनले उमेरले ८६ वर्ष प्रवेश गर्दै गरेको श्रीमानको पनि हेरचाह गर्नुपर्ने बाध्यता छ ।
श्रीमान गोपे थामी उनी भन्दा वढि अशक्त छन् । गरिविका कारण मंगली र गोपेलाई विहान र बेलुकीको दुई छाक टार्न हम्यहम्य नै छन् । छ महिना अघिको कुरा हो । जसोतसो जीवन चलाईरहेका मंगलीको दुवै आँखा विस्तारै धमिलिदै गयो ।
अन्तत उनको दुवै आँखा बन्द भयो र उनी बुढेसकालमा अन्धी भए । उपचारमा जाँउ पैशा छैन् । गरिवि संगै उनी पनि अध्याँरोमै थला परे । सूरुसूरुमा त उसलाई निकै गाह्रो महासुस भयो । हुन पनि हो, छदाखँदाको दुवै आँखा एकै चोटी बन्द हुँदा पिडाले मन कस्लाई चाहीँ पोल्दैन र ।
झन मंगलीलाई श्रीमान गोपेको पनि हेराचाह गर्नुपर्ने बाध्यता थियो । मंगलीको आँखा गुमेपछि उसले छोराछोरीलाई साहरा मागे । छोराछोरीको निगरानीमा जीवन चलाईरहेका उनीहरु कहिले काहीँ आफैहरु पनि पकाएर खाने गर्थे ।
आँखाभरि आँसु पार्दै उनी भन्छिन्, ‘अध्यारो जीवन चलाउन गाह्रो छ बाबु मैले भोगेको व्यथा अलि बेग्लै छ, भोक लागेर ढिडो पकाउन खोज्दा पिठो जति सवै अगेनामा पोखाएछु,।’ यसरी जीवन चलाइरहेका उनको दिनचर्या यसरी नै वित्दै गयो । कहिले काँही जमीनलाई बोझ भएर के बाँचु जस्तो भएको तितो यथार्थ अनुभव उनी सुनाउँछिन् ।
अन्धकार जीवन गुजारा गर्दै आएका उनको यो ब्यथा उनकै आफन्त पर्ने जिल्लाका एक पत्रकार गोकर्ण भण्डारीलाई थाहा थियो । भण्डारीलाई पनि ति आँमाको उद्धार कसरी हुँन्छ भन्ने चिन्ता थियो ।
भण्डारीले जिल्लाको दक्षिण भेग स्थित बैत्यश्वर गाउँपालिका एक गैरिमुदीमा ह्याण्डस फर नेपाल नामक संस्थाले आँखा शिविर राख्दै गरेको खवर सुने ।
खवर पाउँन साथ सस्थाका संयोजक कुमार अधिकारीको सहयोगमा मंगली आँखा उपचार गर्न गैरिमुदी पुगिन् । शिविरमा उपचार गर्न उनको रहर नभएर बाध्येता पनि त थियो । न आँखा देख्न सक्छु कि भन्ने आसैआसमा उनी गैरिमुदी पुगिन् ।
त्रिपुरेश्वर आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा. कमल बहादुर खड्काको टोली सामेल शिविरमा उनको दुवै आँखाको सल्यक्रिया सफल भयो । अन्तत उनी दुवै आँखा देख्न सफल भईन् ।
दुवै आँखा देख्नेभएपछि संसार देख्न पाउँदा खुसीको सिमा नै नरहेको मंगली बताउँछिन् । उनी भन्छिन्, ‘दुबै आँखा देख्न पाएर पुरानै जिन्दगीमा फर्कन पाउँदा खुसीको त कुरै नगरौं जिन्दगी नै मरेर पनि बाँचेर आएको जस्तो लागेको छ,।’ उनले आफ्नो महत्वपूर्ण दुवै अंग आँखा उपहार दिने चिकित्सक डा. कमल बहादुर खड्कालाई बदलामा फुलको गुच्छा उपहार दिएर धन्यवाद समेत दिन भ्याईन ।
मंगली जस्तै शयौँ जनाले आँखा देख्न सफल भएका छन् । बैत्येश्वर २ का ८७ वर्षिय मसली तामाङले पनि दुई वर्षपछि आँखा देख्न सफल भएकी छन् । बैत्येश्वर १ का भिम बहादुर श्रेष्ठले पनि लामो समयपछि आँखा देख्न सक्ने भएका छन् ।
५७ जनाको सल्यक्रिया १० जनामा क्यानसरको लक्षण
तीन दिनसम्म चलेको शिविरमा पाँच सय १७ जनाले आफ्नो आँखाको परिक्षण गराएका थिए । पाँच सय १७ जना मध्ये ५७ जनाको सफल सल्यक्रिया भएको वरिष्ठ चिकित्सक डा. कमल बहादुर खड्काले जानकारी दिए ।
शिविरमा मोती विन्दु र जलविन्दुको विरामी बढि सहभागी थिए । शिविरमा सहभागी आँखाको विरामी मध्येबाट एक जनाको उपचार सम्भव नभएपछि घर फर्काएका छन् ।
त्यसैगरी शिविरमा ४०३ जनाले (गाईनो) पाठेघर तल्लो पेट संवन्धी उपचार गराएका छन् । गाईनोको विरामी मध्येबाट १० जना महिलाहरुमा क्यान्सरको लक्षण देखा परेको गाईनो चिकित्सक डा. अनिता भट्टले जानकारी दिईन् ।
शिविरमा दोलखाको गौरिशंकर, बैत्यश्वर, तामाकोशी, कालिञ्चोक गाउँपालिका र जिरी नगरपालिकाका विरामीहरुले स्वास्थ्य जाँच गराएका छन् ।
को हुन् संयोजक कुमार अधिकारी ?
ह्याण्डस फर नेपालका संयोजक कुमार अधिकारी नेपाली कांग्रेस दोलखाका प्रभावशाली युवा नेता समेत हुन् । तरुण दलबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी समाजसेवामा आफ्नो जीवनको उर्जावान समय खर्चेका एक युवा अभियन्ता हुन् ।
उमेरले चार दशक नाघिसकेका उनले समाजसेवामा लाग्दा जीवनको एक महत्वपूर्ण पाटो विवाह गर्न नै भुलिसकेका छन् । उनी दोलखामा युवा संचित कर्ताको रुपमा परिचित छन् ।
निरन्तर राजनीति र समाजसेवामा सक्रिय उनले दोलखा लगाएत देशका विकट जिल्ला शुदुरपहाडि जिल्लाहरुमा समेत यस्तै शिविर सञ्चालन गर्दै आइरहेका छन् ।
दुरदराजमा रहेका नेपाली जनताहरुको सेवाका लागि ह्याण्डस फर नेपालले ठुलै भुमिका निभाइ रहेको संयोजक अधिकारी बताउँछन् ।
शिविर सञ्चालनमा विदेशी नागरिकहरु बेल्जीयमका बृजित राउस र जर्मनी नागरिक मोरिका आउसको ठुलो हात रहेको उनले बताए ।
निरन्तर रुपमा रहेको आफ्नो यो अभियान गरिव पिछडिएका क्षेत्रमा बढि लक्षित रहेको र भोलीका दिनमा पनि जारी रहने उनले बताए ।








प्रतिक्रिया