देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नर्भिक अस्पतालले पायो अन्तर्राष्ट्रिय अवार्ड

देशान्तर

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल स्वास्थ्य व्यवसायमा उत्कृष्टता (विजिनेश एक्सलेन्स इन हेल्थ केयर), नामक एक विश्वस्तरीय पुरस्कार/सम्मान हातपार्न सफल भएको छ । संयुक्त राज्य अमेरिकास्थित टेक्सास शहरमा अवस्थित अमेरिकाको चेम्बर अफ कमर्सको एक निकाय वल्र्ड कल्फेडेरेशन अफ बिजनेसेस (वल्र्डकब) ले ‘दि बिज’ सम्मान विशेष समारोह वीच नर्भिकलाई गत शुक्रबार काडमाडौंमा प्रदान गरेको हो ।

अवार्ड प्रदान समारोहका प्रमुख अतिथि उपप्रधान, तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उक्त सम्मान नर्भिकककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यलाई प्रदान गरे । सो अवसरमा नर्भिकलाई वल्र्डकबका विदेश मामिला निर्देशक निकोलस कफारोले ‘इलाइट मेम्बर’ समेत प्रदान गरे । उक्त सदस्यता नर्भिकका अध्यक्ष बसन्त चौधरीले ग्रहण गरेका थिए ।

दि वल्र्डकबले दि बिज नामक उक्त सम्मानका खातिर विश्वभरका अर्थात् पाँचै महादेशका उत्कृष्ट व्यवसायिक संघ संस्था तथा व्यक्तित्वहरुलाई एकत्रित पार्ने, विश्व सञ्जालसँग आवद्ध बनाउने, सम्मानित गर्ने आदि गर्दछ । दि वल्र्डकवद्वारा दि विज सम्मान विश्वव्यापी अगुवाहरुलाई विविध सेवा/सुविधाका माध्यमबाट तिनका आर्थिकस्तर एवम् व्यवसायिक प्रतिष्ठा बढाउने अभिप्रायले स्थापना गरिएको हो ।

सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वल्र्डकबको मुख्य उद्देश्य नै बिश्वव्यापी रुपमा मूल्य र मान्यतामा आधारीत व्यवसायहरुको प्रबद्र्धन गर्नु, तिनको पहिचान, सम्मान एवम् अगुवा व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरुको साख अभिवृद्विमा सहयोग पु¥याउनु रहेको छ । विश्वका १२० भन्दा बढी राष्ट्रहरुमा दि वल्र्डकबका ३,००० भन्दा बढी सदस्य प्रतिष्ठान्हरुको सञ्जाल रहेको छ । यो सम्मानले व्यवसायको नैतिक अभ्यासलाई प्रवद्र्धन गर्दै अनुकरणीय एवम् अनुसरणीय व्यवसायिक उदाहरणहरु स्थापित गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा तत्सम्बन्धित व्यवसायहरुले निर्धारित मापदण्डलाई अनुसरण गरुन भन्ने अभिप्राय राख्दछ ।

दि विज अवार्ड लगत्तै निर्भकको ख्याति अभिवृद्धिमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरु समेत सम्मानीत भएका थिए । तिनमा प्रबन्ध निर्देशक मेघा चौधरी शाक्य (उत्कृष्ट नेतृत्व), कार्यकारी निर्देशक राजेन्द्र ब. सिंह, दिपेन्द्र मिश्र, रवि शर्मा र अंकित अग्रवाल (उत्कृष्ट व्यवसाय व्यवस्थापन) प्रविण डावर र प्रदीप झा (उत्कृष्ट बजार व्यवस्थापन) तथा कपिल गौतम (उत्कृष्ट गुणस्त्तर व्यवस्थापन) रहेका थिए ) ।

वल्र्डकबद्वारा जारी सूचनाअनुसार स्थापित मापदण्डमा आधारीत छनौट मापदण्डहरु जस्तैः व्यवसायिक अगुवाई, सेवाको गुणस्त्तर, प्रभावकारी तथा गुणस्त्तरीय व्यवस्थापन प्रणाली, अभिनव र रचनात्मकता, संस्थागत सामाजिक उत्तरदायित्व, समृद्ध इतिहास, उत्कृष्ट चिकित्सा नैतिकता को अवलम्बन, विरामीे सुरक्षा हस्पिटलजन्य सङ्क्रमयको नियन्त्रण लगायत रोग रोकथाम, निदान, औषधोपचार एवम् उपचारका क्षेत्रमा हस्पिटलले हासिल गरेको उत्कृष्ट नतिजा रहेका थिए ।

स्वास्थ्य सेवा जस्तो जटिल क्षेत्रमा उत्कृष्टता हासिल गरेकोमा दि वल्र्डकबले नर्भिक व्यवस्थानलाई बधाई दिदै भविष्यमा उत्कृष्टताको सगरमाथा चुमोस भन्ने कामना समेत गरेको छ । उत्कृष्ट स्वास्थ्य सेवाको रजत महोत्सव मनाइसकेको नर्भिकले निजी क्षेत्रका हस्पिटलमध्ये सर्वप्रथम “ग्लोवल ग्रिन एण्ड हेल्दी हस्पिटल्स्”, अमेरिकाको सदस्यता प्राप्त गरेको थियो । नेपालमै सर्वप्रथम आइ. एस. ओ. प्रमाणीकरण पाउने नर्भिकले यसपूर्व युरोप विजिनेश एसेम्बेली, वेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल र नेपालको उत्कृष्ट ‘इम्पलोयर ब्रान्ड’ जस्ता सम्मान/पुरस्कार प्राप्त गरिसकेको छ ।

समारोहका प्रमुख अतिथि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले चिकित्सा सेवाको उत्कृष्ट गुणस्तर कायम राख्न नर्भिकले गरेको निरन्तर प्रयास, सिद्धहस्त चिकित्सा विशेषज्ञहरुको टोली, सुसज्जित निदानात्मक प्रविधि र स्तरीय व्यवस्थापनका कारण हाल नेपालमा लगभग सवै खाले चिकित्सा उपचार सम्भव भएको बताए । नर्भिकले यस क्षेत्रमा अगुवाको भुकिका निभाएको हुँदा यसले थप प्रगतिका खुड्किलाहरु पार गर्दै निश्वस्तरीय हस्पिटल बन्न सकोस्, नेपालीहरु उपचारका लागि विदेश धाउने होइन कि बरु विदेशीहरु तिनको उत्कृष्ट चिकित्सा उपचारका लागि नेपाल आउने वातावरण बनोस् भन्ने कामना गरे ।