देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१२ वर्षीया बालिकालाई सुत्केरी गराउन प्रधानमन्त्री कार्यलयको चासो

देशान्तर

काठमाडौँ । १२ वर्षमै आमा बन्न लागेकी बालिकाको उपचारका लागि प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । गर्भवती बालिकाको सुत्केरी अवस्थामा उच्च जोखिम हुन सक्ने भएकाले सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १२ वर्षीया ती बालिकालाई सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन बमोजिम आज काठमाडौँ ल्यदैछ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार गर्भवती बालिकालाई गाँउपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङले सोमबार वेलुका हेटौडा अस्पतालामा लगेका थिए ।

हेटौंडा अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि काठमाडौं ल्याउने तयारी भइरहेको प्रअिज तामाङले बताए । चार कक्षामा अध्ययन गर्दागर्दै उनले गाँउकै चेपाङ किशोरसँग गत वर्षे प्रेम विवाह गरेकी हुन् । उनी गर्भवती भएको सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको हो ।