देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेश पठाइदिन्छु भन्दै कामदार ठग्ने कम्पनी फेरि सक्रिय

देशान्तर

काठमाडौं । मलेसियासँगको द्विपक्षीय समझदारीपछि सरकारले कामदार पठाउने प्रक्रिया शुरु गर्न गृहकार्य गरिरहेका बेला कारवाहीमा परेका केही संस्थाले ‘भिसा स्टाम्पिङ’ शुरु भएको भन्दै मेनपावर व्यवसायीबाट पासपोर्ट संकलन थालेका छन् ।

मलेसियासँग कामदार पठाउने प्रक्रियाबारे कुरा चलिरहेका बेला नेपाल सरकारबाट कारवाहीमा परेका संस्था भीएलएन र वान स्टप सेन्टरले अनधिकृत रुपमा काम शुरु गरेको भन्दै श्रम मन्त्रालयले निगरानी बढाएको छ ।

नेपालस्थित मलेसियन दूतावासको पत्र अनुसार भन्दै वान स्टप सेन्टर र भीएलएनले मंसिर ५ गतेबाट कलिङ भिसा आइसकेका तर म्याद नसकिएकाहरुको भिसा स्टाम्पिङ शुरु भएको भन्दै नेपाल लोकतान्त्रिक व्यवसायी फोरमले व्यवसायीहरुलाई खबर गरेका थिए । भीएलएन र वान स्टप सेन्टरले नेपाली कामदार ठगेको भन्दै सरकारले गत जेठमा ती संस्था बन्द गराएको थियो ।

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीलाई आधार मान्दै दूतावासले मलेसियामा रोजगारसम्बद्ध संस्थालाई काम शुरु गर्न पत्राचार गरेको जानकारी आफूहरुलाई प्राप्त भएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए । सरकारबाट कारवाहीमा परेका संयन्त्रलाइनै कायम राख्न संघका अध्यक्ष गुरुङले लबिङ गरेपछि व्यवसायी भने विभाजित भएका छन् ।