देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिरहामा बस र ट्रक ठोक्किदा एकको मृत्यु, ४४ घाइते

देशान्तर

काठमाडौँ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुरमा बस र ट्रक ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । बन्दीपुरस्थित कमला पुलको पूर्वपतर्फ बस—ट्रक ठोक्किदा घाइते भएका सर्लाही हरिपुर नगरपालिकाका जगदिश ठाकुरको उपचारका क्रममा मृत्यु भएको हो।

ना ४ ख ४८२५ नम्बरको बस र ना ५ ख ३९४० नम्बरको ट्रक ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी शुकदेव खनालले जानकारी दिए । घाइतेमध्ये ४१ जनाको उपचार कर्जन्हास्थित फुलकुमारी महतो अस्पतालमा भइरहेको छ भने ३ जनालाई उपचारका लागि बाहिर पठाइएको छ ।

सर्लाही हरिपुर नगरपालिकाका स्थानीय शुक्रबार बिहान कार्तिक पूर्णिमाको दिन लाग्ने भुत मेला हेर्न सिरहाको कमला नदी पुगेका थिए ।