कपिलवस्तु । कपिलवस्तुमा अज्ञात समूहको गोली प्रहारबाट स्थानीय दीपेन्द्रकुमार चौधरीको हत्या भएपछि स्थिति तनावग्रस्त बनेको छ । हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै आज भएको प्रदर्शन उग्र बनेको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नुका साथै केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरीको लाठीचार्जबाट एकजना घाइते भएका छन् । आक्रोशित समूहले घटनामा संलग्न भएको आरोप लगाउँदै स्थानीय अजित पाण्डेको ट्याक्टर र कम्बाइन मसिनमा आगजनी गरेका छन् ।
गत निर्वाचनमा गाउँपालिकाको अध्यक्षका स्वतन्त्र उम्मेदवार रहेका चौधरीमाथि शुक्रबार राति शुद्धोधन गाउँपालिका–४, मोतीभारीस्थित घरनजिकैको सडकमा अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
गोली लागेर गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा र्पुयाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोखरेलले जानकारी दिए ।





प्रतिक्रिया