काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासंघले पप्पु कन्स्ट्रक्सनलाई ठेक्का प्रक्रियामा रोक लगाएको प्रति आपत्ति जनाएको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै पप्पुलाई बदनियतपूर्ण रुपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएको हो ।
सिक्टा सिंचाइ आयोजनाको डुँडुवा नहर ठेक्काका विषयमा प्रचलित कानुनले नदिएको अधिकार प्रयोग गरी पूर्वाग्रही ढंगले पप्पुलाई ठेक्का प्रक्रियामा रोक लगाएको पनि महासंघले ठहर गरेको छ ।
कालोसूचीमा राख्ने प्रक्रिया जारी रहेकै बेला ठेक्कामा भाग लिन नदिने सूचना प्रचलित कानुन विपरीत भएको पनि महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राज्य संयन्त्रले नै षड्यन्त्रपूर्वक मनोमानी ढंगले निर्माण व्यवसायीलाई कारबाही गर्न खोज्नुले निर्माण व्यवसायमा संलग्न व्यवसायीहरु हतोत्साहित हुने र सरकारी ढुकुटीमा रहेको खर्च समयमा हुन नसकी राज्यसमेत असफल बन्ने अवस्था उत्पन्न हुने हुँदा निर्णयमा पुनर्विचार गर्न पनि महासंघले आग्रह गरेको छ ।





प्रतिक्रिया