देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्यांकरले ठक्कर दिँदा हेटौंडामा एक जनाको मृत्यु

देशान्तर

हेटौंडा । तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा मकवानपुरको हेटौंडामा आज एक जनाको मृत्यु भएको छ । मुगु घर भएका ३० बर्षिय सुरेन्द्र परियारलाई बाटोमा हिंडिरहेका बेला अमलेखगन्जबाट हेटौंडा आइरहेको ना.२ ख. ४८४६ नम्बरको ट्यांकरले ठक्कर दिएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यता, सर्लाहीको ईश्वरपुर नगरपालिका–४, साइबाबा चोकमा धान झार्ने थे्रसर पल्टिँदा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४७ वर्षीय बालकिशोर सिंहको छन् । साइबाबा चोकबाट धान झारेर सागरनाथतर्फ फर्किदै गरेको ना ५ त ४९७५ नं. को ट्याक्टरमा जडित थे्रसर पल्टिँदा यनको मृत्यु भएको हो । दुर्घटनापछि फरार भएका चालकको खोजी भईहेको प्रहरीले जनाएको छ ।