देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाण्डौंमा १३ देखि १६ गतेसम्म सवारीमा जोर बिजोर प्रणाली लागु हुने

देशान्तर

काठमाडौं – काठमाण्डौं उपत्यकामा चल्ने सवारी साधनमा मंसीर १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागु हुने भएको छ ।

१४ गतेदेखि १७ गतेसम्म हुने एशिया प्यासिफिक सम्मेलनमा सहभागि हुन आउने विभिन्न देशका अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यबस्थित बनाउन गृह मन्त्रालयको निर्देशनमा जोर विजोर प्रणाली लागु गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

१३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरको सवारी चलाउन पाउने व्यवस्था गरिएको छ । सवारी साधनको अन्तिम अंकको आधारमा सो प्रणाली लागु गरिएको समेत ट्राफिक कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीमा भने सो प्रणाली लागु नहुने विज्ञप्तिमा जनाइएको छ ।