देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घोराहीमा व्यवसायीको हत्या

देशान्तर

घोराही, घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजीक गए राति एक व्यवसायीको हत्या भएको छ ।घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करीब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेपछि उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

हत्यामा संलग्न भएको आशङ्कामा हिजै साँझ प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको गरेको र उनी अनुसन्धानकै क्रममा रहेको प्रमुख पाण्डेले बताउनुभयो । हत्या भएका घर्तीको टाउको, छातीमा ठूलो घाउ थियो ।