काठमाडौँ । साथीको घरमा होमवर्क गर्छु भन्दै घरबाट हिँडेकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फ्याँकिएको थियो । तिनै निर्मलाको हत्या भएको चार महिना वितिसक्दा पनि प्रहरीले वास्तविक हत्यारा सार्वजनिक नगरेको भन्दै फेरी आन्दोलनको घोषणा गरिएको छ ।
शनिबार नागरिक संघर्ष समितिको महेन्द्रनगरमा बसेको बैठकले न्यायका लागि आन्दोलनको विकल्प नभएको भन्दै चारदिने आन्दोलनको कार्यक्रम तय गरेको हो । नागरिक समाज कञ्चनपुरका पुर्व अध्यक्ष नरबहादुर साउदले अहिलेसम्म पन्त परिवारकै धर्ना रहेको बताउदै सोमबारदेखि अब नागरिक संघर्ष समितिले आन्दोलन गर्ने बताए ।
उनका अनुसार १७ मंसिरदेखि २० सम्म आन्दोलनका कार्यक्रम तय भएका छन् । सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला प्रशासन कार्यालय मुल गेटमा कालोपट्टी बाँधेर धर्ना दिने, बुधबार न्यायका लागि दिउँसै टर्च बालेर प्रर्दशन गर्ने, बिहीबार मानव साँङलो बनाउने ।
‘सुदूरका सबै जिल्ला प्रशासनमा धर्नाका लागि नागरिक संघर्ष समितिले समन्वय गर्छ, ‘उनले भने, ‘हामीले पहिलो चरणमा जिल्लामा आन्दोलन थाल्छौँ, त्यसपछि प्रदेशमा जान्छौँ ।’
बैठकका सहभागिले वास्तविक न्यायका लागि स्पष्ट रोडम्याप तयार गरिनुपर्ने र तय भएको कार्यक्रम बाहेक, आफुखुसी आन्दोलन गर्दा न्याय प्रभावित भएको तर्क गरेका थिए । अधिकारकर्मी नितु भट्टले भन्ने र निर्णय गर्ने एक व्यवहारिक रुपमा अर्को काम गर्दा समस्या आन्दोलन प्रभावित भएको बताए । उनले निर्मलाका आमाबाबुलाई सुटुक्क काठमाडौं लगेर आन्दोलन तुहिएको दावी गरिन् ।
महिला अधिकारकर्मी भारती चौधरीले न्यायका लागि सरकारले वेवास्ता गरेकाले आन्दोलनको स्वरुप बलियो बनाउनुपर्नेमा जोडदिईन् । विद्यार्थी नेता कैलाशचन्द्र गिरीले प्रहरीले विभिन्न पाटाबाट अनुसन्धान गर्दा पनि कहिकतैबाट सुईको नपाएकाले अब निर्मलाकै घरबाट अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
उनले एसपी दुर्गा सिहले निर्मलाको घर र आफन्तबाट अनुसन्धान गर्नुपर्छ भन्दा केही अधिकारकर्मीबाटै प्रतिवाद भएको बताउँदै हल्ला, आरोप र हचुवाको भरमा भन्दा पनि तथ्यका आधारमा अनुसन्धान गर्नुपर्नेम सुझाव दिए । प्राध्यापक बुद्धिजिवी डा टेकराज पन्तले न्यायका लागि आफुहरु मर्नुपर्छ तर, न्याय मर्न दिन नहुने तर्क गरे ।
नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले कुनैपनि राजनीतिक दलले न्यायिक आन्दोलनमा साथ नदिएको आरोप लगाईन् । राष्ट्रिय जनतापार्टीका नेता अम्बादत्त तिवारीले शान्तिपुर्ण आन्दोलनमा मात्रै साथ दिने बताए ।
नेकपा क्रान्तिकारी माओवादी नेता हरि सुवेदीले पुँजिवाद व्यवस्थाका कारण हत्या,हिसा बलात्कार भएको ठहर गरे । उनले निर्मला हत्याकाण्डमा युटुवका पत्रकार र केही अधिकारकर्मीका लागि डलरको खेती भएकाले कमाईखाने भाँडो मात्रै बनेको आरोप लगाए ।
नेकपाका युवा नेता भीम भट्टले हिसात्मक एव ध्वङसात्मक आन्दोलनमा साथ दिन नसकिने तर्क गरे । अधिकारकर्मी चिराचिरामा विभाजन हुँदा आन्दोलन प्रभावित भएको उनले बताए ।
यसैबीच कञ्चनपुरका अधिरकारकर्मीले शुक्रबार र शनिबार पनि महेन्द्रनगरका सरकारी तथा गैर सरकारी, सार्वजनिक क्षेत्रमा ‘सरकार भेटियो, न्याय भेटिएन्, भन्ने निर्मलाको फोटो पोष्टर टाँसेका छन् ।
अधिकारकर्मी निर्मला जोशी (भट्ट) ले न्याय नपाएकाले महेन्द्रनगर बजारमा पोष्टर टाँसेको बताए । छोरी निर्मलाका हत्यारा सार्वजनिकको माग राख्दै गत २५ कार्तिकदेखि निर्मलाका बाबु यज्ञराजले प्रशासनको मुल गेटमा धर्ना शुरु गरेका थिए ।
धर्नाकै बेला उनको मानसिक अवस्था बिग्रीदै गएपछि यज्ञराजको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ । साथ यज्ञराजकी जेठी श्रीमती दुर्गा छिन् । भने यता धर्ना यज्ञराजकी कान्छी श्रीमती लक्ष्मीले सम्हालेकी छिन् ।
शुरुवादेखि आन्दोलनमा होमिएको दवावमुलक संघर्ष समितिले भने छठयता सडक आन्दोलन गरेको छैन् । दवावमुलक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले आन्दोलनको कुनै औचित्य नहरेको भन्दै रोकेको बताएकी थिईन् ।
उनले आन्दोलनमा राजनीतिकरण र डलरको खेती भएको आरोप लगाउदै आएकी छिन् । कञ्चनपुर प्रहरीले निर्मलाको बलात्कार पछि हत्या प्रकरणमा अनुसन्धान भईरहेको प्रहरीका अधिकारीको भनाई छ । तर उपलब्धि भने शुन्य छ ।





प्रतिक्रिया