देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संवैधानिक परिषदको आजको बैठक स्थगित

देशान्तर

काठमाडौं । भावी प्रधान न्यायाधीश सिफारिस गर्न आज डाकिएको संवैधानिक परिषदको बैठकले विषयप्रवेश लगत्तै स्थगित भएको छ । पाँच नयाँ सहित ८ आयोगका विषयमा पनि निर्णय गर्ने तयारी भएपनि बैठक स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी केन्द्रीय समिति बैठक रहेकाले सबै विषयमा छलफल गर्न नभ्याइने भन्दै बाहिरिएका थिए ।

प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ गते सकिँदैछ। त्यसको एक महिना अघि नै संवैधानिक परिषदको बैठकले भावी प्रधान न्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । सिफारिसपछि संसदीय सुनुवाइको प्रकृया सुरु हुन्छ ।

न्याय परिषद्ले वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम रोस्टरअनुसार पठाएको छ । यी दुईमध्ये एकलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने भएकाले सबैको चासो परिषदको बैठकमा थियो। यसअघि सिफारिस गरिएका जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएकाले परिषदले अब के गर्छ भन्ने चासो सबैमा थियो ।