देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संघीयता नितान्त मौलिक होः सभामुख महरा

देशान्तर

काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपालको संङ्घीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताउनुभएको छ । उदयपुरको गाईघाटमा आज आयोजित संविधान, सङ्घीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश हुनाले पनि हाम्रो सङ्घीयता आफ्नै मौलिक प्रकारको रहेको छ भन्नुभयो ।

जनप्रतिनिधिले सङ्घीयताको नाममा अन्य देशको जस्तो चाहियो भनेर अधिकारको कुरा गर्नु भन्दा हाम्रो देशको भौगोलिक, संस्कृति, जातीय बनावट हेरेर मात्र हाम्रो मौलिक सङ्घीयता स्वीकार गर्नपर्ने आवश्यकता रहेको धारणासमेत सभामुख महराले व्यक्त गर्नुभयो ।

राज्यको तीनै तहले अधिकार खोज्दा र कुरा गर्दा संविधानले निर्दिष्ट गरेकोमात्र आफूहरुको अधिकार हो भनेर बुझ्न समेत उपस्थित जनप्रतिनिधिलाई उहाँले आग्रह गर्नुभयो ।