देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश नं १ मा बिहान र बेलुका टिपर चलाउन रोक

देशान्तर

उर्लाबारी,  प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई÷दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ ।

टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो ।

सो समयमा सडकमा बढी चाप हुने भएकाले टिपर चलाउन रोक लगाइएको प्रदेश नं ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले राससलाई जानकारी दिनुभयो ।