देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरियाले नेपालीलाई १० वर्षे मल्टिपल भिसा दिने

देशान्तर

काठमाडाैं । दक्षिणपूर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० वर्षे मल्टिपल (बहुप्रवेश) भिसा पाउने भएका छन्।

कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, वंगलादेश, म्यान्मार, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया, लाओस, पाकिस्तान, फिलिपिन्स र भियतनाम छन्। यो खबर आजको कारोबार दैनिकमा निकुन्ज तिवारीले लेखेका छन्।

डिसेम्बरबाट लागू हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक भिसा प्राप्त गरेपछि १० वर्षसम्म आवतजावत गर्न पाइने छ। यसले वर्षेनी कोरिया घुम्न जाने पर्यटकलाई सहज भएको छ। यसअघि यी मुलुकका नागरिकले कोरियाका लागि प्रत्येकपटक भिसा प्राप्त गर्न अवेदन दिनुपथ्र्यो।