देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस सांसद गौतमलाई पुत्र शोक, दुर्घटनामा नवीनको मृत्यु

देशान्तर

कावासोती । नेपाली कांग्रेसकी सांसद ओमकला गौतमका छोरा नवीन गौतमको दुर्घटनामा मृत्यु भएको छ । गण्डकी प्रदेशसभाकी सांसद गौतमको छोरा नवीनको मंगलबार राति स्कुटर दुर्घटनामा मृत्यु भएको हो ।

आफैँले चलाएको ना २५ प ८३९० नम्बरको स्कुटर दुर्घटना हुँदा नवीनको मृत्यु भएको प्रहरीले जनाएको छ । साँझपख ५ बजेतिर घरबाट निस्किएका नवीन कहाँ गएका थिए भन्ने अहिलेसम्म खुलेको छैन ।

करीव साढे १० बजेतिर प्रगतिनगर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले उनलाई तत्कालै भरतपुर जिल्ला अस्पताल पठाएको थियो । अस्पताल पुग्ने वित्तिकै डाक्टरले नविनलार्इ मृत घोषणा गरे । स्कुटरलाई कुनै गाडीले ठक्कर दिएको अनुमान गरिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।