देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसिया प्यासिफिक समिट विवादको बचाउमा सरकार

देशान्तर

काठमाडौँ । प्रधानमन्त्रीले ओलीले राष्ट्र व्यइजत हुनेगरी विवादास्पद एसिया प्यासिफिक समिटमा सभागि भएपछि त्यसबाट बच्न अहिले नेपाली कांग्रेसिका पूर्व नेताहरुले लिएको अन्र्तराष्ट्रिय पुरस्कारलाई उदाहरण प्रस्तुत गर्न थालेका छन । यो संस्थाले सरकारलाई प्रयोग गर्न आयोजक युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) र त्यसको मातृसंस्था युनिफिकेसन चर्च वर्षाैंदेखि सक्रिय रदै आएको थियो ।

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) का संस्थापक अध्यक्ष तथा फिलिपिन्सका पूर्वसभामुख डी भेनेसिया, युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष थोमस वाल्स र अन्य विदेशी नेताका साथ प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालले गत जुलाईमा नै नेपालमा यो सम्मेलन गर्ने सहमति गरेका थिए ।

यो संस्थाले राष्ट्रपति, सबै दलका नेता, प्रधानमन्त्री, मन्त्री, सांसद तथा उच्च ओहदाका सरकारी अधिकारीलाई यूपीएफले विदेश घुमाउनुका साथै सम्मान र पुरस्कारका नाममा पैसा दिएर प्रभावमा पार्दै आएको देखिएको छ ।

कोरियाका इसाई धर्मगुरु सन म्युङ मुनले सन् २००५ मा स्थापना गरेको यूपीएफको नेपाल शाखाले राष्ट्रपति विद्यादेवी भण्डारीलगायत ४ हजारभन्दा बढीलाई शान्तिदूत भन्दै सम्मान गरिसकेको छ । यूपीएफ नेपालले सानाठूला सबै दलका नेतालाई सम्मान गर्ने र विदेश घुमाउने काम पनि गरिरहेको खुलेको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यो संस्थाबाट सबैभन्दा बढी विदेश घुमेका छन । उनी युरोप र अमेरिका मात्रै होइन, उत्तर कोरियासमेत जान भ्याएका छन । यसरी घुमाउन लगेबापत नेपालसँग यूपीएफ नेपालका अध्यक्ष एकनाथ ढकाल ज्यादै नजिकको सम्बन्ध बनाउन सफल रदै आएका छन । यही सम्बन्धलाई प्रयोग गर्दै प्रधानमन्त्री केपी ओलीसँग नजिक हुन पुगका उनले ओलीमार्फत राज्यका सबै निकायलाई प्रयोग गर्ने समेत सफल भएका छन ।

ढकालले ओलीको पत्र लिएर म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकीदेखि कम्बोडियाका प्रधानमन्त्री हुन सेनसम्मलाई समिटमा आउन निम्तो दिए । निम्तो दिन जाँदा धेरै देशमा उनले प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईलाई पनि साथै लगेको रहस्य अहिले खुलेको छ ।

त्यसक्रममा फेसबुकमा पोस्ट गरिएका कतिपय तस्बिरको विरोध भएपछि अहिले उनले हटाएका छन । यूपीएफको नेपालमा रहेको नक्सालस्थित कार्यालय गोप्य ढंगले चल्दै आएको छ, जहाँ संस्थाको बोर्डसमेत छैन । प्रस्ट रूपमा चिनाउनुपर्ने कानुनी प्रावधान संस्थाले उल्लंघन गरेको छ  ।

ढोकाछेउ सानो अक्षरमा युनिफिकेसनिजम लेखिएको घरमा नेताहरू यूपीएफ कार्यालय भनेर धेरै पटक गएका छन, जसलाई एकनाथ ढकाल र उनको टिमले पिस एम्बेसी भनेर चिनाउँदै आएको छ । भवनभित्र जोकसैलाई पस्न अहिले कडिकडाउ गरिएको छ । त्यहाँ यसरी सोधखोज गर्दै पस्न मनाही छ ।

सामाजिक कामका लागि भनेर खोलिएको सार्वजनिक उद्देश्यको संस्थामा मिडियालाई रोकतोक किन ?’ भन्ने संञ्चारकर्मीको जिज्ञासामा ति महिलाले एकनाथ सरलाई सोध्नु होला भन्ने जवाफ दिने गरेकी छन । यूपीएफको कार्यालय भनिए पनि भवनभित्र युनिफिकेसन चर्च रहेको र इसाई धर्ममा मानिसलाई बदल्न विभिन्न रणनीति बनाइने गरेको संस्थासँग नजिकका केही व्यक्तिले जानकारी दिएका छन ।

सम्पूर्ण नेपालमा हाम्रो राज गर्नपर्छ भन्ने छलफल यहाँ बारम्बार भएको मैले आफैंले सुनेको छु यूपीएफबाट अहिले अलग भइसकेका एक व्यक्तिले भने, सुरुमा शान्तिको विषयले प्रभावित भएको थिएँ, पछि बुझ्दै जाँदा यो त चर्च पो रहेछ, त्यसपछि अलग भएँ ।

फादर मुनले बाइबलको सट्टा प्रचलनमा ल्याएको धार्मिक पुस्तक हुन दोक हे हरेक बिहान पाँच बजे पढ्नुपर्ने, आफ्नी पत्नीसँग सहवास गर्दा फादर मुनको तस्बिर अघिल्तिर राख्नुपर्ने, जति सन्तान जन्मिए पनि नियोजनका साधन प्रयोग गर्न नपाइनेजस्ता कुरा गरिने उनले बताए ।

उनले भने फादर मुनले आफूलाई ईश्वरका अवतार घोषणा गरी परिवारमार्फत संसारमा शान्ति ल्याउने अभियान सुरु गरेका हुन । यही अभियान सफल पार्न नेपालमा परिवार दलको स्थापना भएको हो ।

परिवार दलको घोषणापत्रमा उल्लेख भएका विषयले पनि उनको दाबी पुष्टि गर्छ । मूलतः विश्व प्रसिद्ध शान्तिनायक डा. सन म्युङ मुनको शान्ति देन हाम्रो प्रमुख विचारको स्रोत हुनेछ, तसर्थ हाम्रो दर्शनलाई मुनवाद पनि भन्न सकिन्छ,’ उक्त दलको दोस्रो महाधिवेशनका बेला २०७३ असार २१ मा अध्यक्ष ढकालले पेस गरेको राजनीतिक प्रतिवेदनको पृष्ठ ४५ मा उल्लेख छ, ‘यो नयाँ विचार भएकाले सम्पूर्ण कार्यकर्ता यथाशीघ्र प्रशिक्षित भई तमाम नेपालीबीचमा यो दर्शन फैलाउनु हाम्रो साझा दायित्व हुनेछ ।

पार्टीको सबै खर्च यूपीएफ केन्द्रीय कार्यालयले व्यहोर्दै आएको छ । दुई वर्षअघि गरिएको उक्त साधारणसभाबारे यूपीएफ एसियाका शिक्षा निर्देशक डा. रोबर्ट किट्टेलले यूपीएफको अन्तर्राष्ट्रिय मुख्यालयमा बुझाएको प्रतिवेदनमा नेपालका प्रधानमन्त्रीलाई बोलाउन सफल भएकामा आफूहरू आश्चर्यमा परेको उल्लेख छ ।

त्यतिबेला पनि रूपान्तरित संसद्बाट गठन भएको सरकारका प्रधानमन्त्री ओली नै थिए । प्रधानमन्त्री ओलीले मुख्य अतिथिका रूपमा कार्यक्रममा सहभागिता जनाए, यस्तो कार्यक्रममा प्रधानमन्त्री आउलान् र बसिरहलान् भन्ने लागेकै थिएन,’ नेपालको शान्ति प्रक्रियामा यूपीएफले पुर्याएको योगदानबारे सन् २०१० मा पुस्तकसमेत लेखेका रोबर्टको प्रतिवेदनमा भनिएको छ ।

सन् २००० देखि आईक्यापको संस्थापक अध्यक्ष भएका उनी केन्द्रीय समितिको सहअध्यक्ष छन । तत्कालीन एमालेका विदेश विभाग प्रमुख माधवकुमार नेपालले नेपालमा यसको शाखा खोलेका थिए, जसको कार्यालय युनिफिकेसन चर्च नै हो । ‘एसियाका दलहरूलाई एक मञ्च प्राप्त भयो भनेर नेताहरू पछि लागे र यूपीएफ यसमाथि लगानी गरेर प्रभाव बढाउन सफल भयो ।

गत अक्टोबरमा रसियामा भएको आईक्यापको १०औं साधारणसभामा सम्मेलन नेपालमा गर्नेबारे कुनै निर्णयसमेत भएको थिएन । भेनेसियाले गत जुलाईमै नेपाल आएर नेताहरूलाई भेटी एसिया प्यासिफिक समिटका लागि मनाउने काम गरेको परराष्ट्रका एक अधिकारीले बताए । त्यसक्रममा भारतीय जनता पार्टीका नेता विजय जोली र यूपीएफका वर्तमान अध्यक्ष थोमस वाल्स पनि आएका थिए ।