देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शिक्षकको अभद्र व्यवहारपछि छात्राले गरिन् आत्महत्या

देशान्तर

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । 

नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए ।

प्रहरीले उक्त घटनाका सम्बन्धमा छानविन सुरु गरेको छ ।